नेपाललाई बीस बर्षपछि बक्सिङमा स्वर्ण

नेपाललाई बीस बर्षपछि बक्सिङमा स्वर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को कुरा आउँदा बक्सिङले ठूलो गौरव बोकेको छ । दक्षिण एसियाली खेलकुदमा नेपाललाई पहिलो स्वर्ण पदक बक्सिङ खेलाडी पुष्करध्वज शाहीबाट प्राप्त भएको हो।

दलबहादुर रानामगर त दक्षिण एसियामै बक्सिङको आदर्श खेलाडी हुन्। यद्यपी सन् १९९९ मा काठमाडौंमा भएको आठौं संस्करणपछि नेपालको बक्सिङ स्वर्णविहीन थियो। साग बक्सिङमा नेपाललाई २० बर्षपछि र महिला बक्सिङमा पहिलोपटक स्वर्णपदक प्राप्त भएको छ।

नेपालका महिला बक्सर मिनु गुरुङ र पुरुष बक्सर भूपेन्द्र थापाले सोमबार जितेका स्वर्ण पदकबाट घरेलु रिङमा नेपाली बक्सिङले आफ्नो गौरवगाथा फेरि गाएको छ। ५४ केजी तौल समूहमा मिनुले सोमबार भारतकी शिक्षालाई अङ्कका आधारमा हराएर नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएको खबर गोरखापत्र दैनिकमा छ।