मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेखु- मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे विद्युत् लाइन काटिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन गर्ने गरेको देखिएपछि ती उद्योगको विद्युत् लाइन काटिएको हो ।

पृथ्वीराजमार्गको २५ मिटर क्षेत्रभित्र सञ्चालित तथा मापदण्ड नपुगेका उद्योगले नदी धमिलो हुनेगरी प्रदूषण गराएको, धुलो धुवाँले गाउँवेँसी तथा बजारवासीलाई स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएकाले त्यस्ता उद्योगलाई वैधानिक बाटोमा ल्याउन कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

टोलीले मापदण्ड विपरित राजमार्ग आसपास क्षेत्रमा सञ्चालित ६३ वटा बालुवा प्रशोधन मेसिनमा जोडिएको बत्तीको लाइन काटिएको छ भने २९ वटा क्रसर उद्योगको विद्युत् लाइन पनि काटिएको छ ।

आठवटा ट्रान्सफरमरबाट जोडिएका क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन गर्दै आएकाले यस्ता उद्योगको लाइन पनि काटिएको हो । कर छलेर उद्योग सञ्चालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामग्री उत्खनन गर्ने, त्रिुशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन गर्ने गरिएको तथा सरकारले तोकेको मापदण्ड विपरित सञ्चालित उद्योगलाई कारबाही शुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताए ।