बेरोजगार परिवारका एक सदस्यलाई रोजगारी दिने श्रममन्त्री यादवको प्रतिवद्धता

बेरोजगार परिवारका एक सदस्यलाई रोजगारी दिने श्रममन्त्री यादवको प्रतिवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलंगवा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बेरोजगार परिवारको एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहगाउँ चक्रघट्टा गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले आफुले देशमा रोजगारीको क्षेत्र र सामाजिक सुरक्षाको क्षेत्रमा कुनै कमी नराख्ने बताउँदै आफ्नो गाउँपालिका भित्रका बेरोजगार परिवारका एक सदस्यलाई रोजगारी दिने बाचा गरेका हुन् ।

‘तपाईहरु सीप सिकेर आउनुस्’, मन्त्री रायले भने, ‘रोजगारी दिने काम नेकपाको सरकारले गर्नेछ ।’ समृद्ध नेपाल सुखी नेपालीको नारासहित अहिले सरकार देश र जनताको विकासका लागि काम गरिरहेको बताए ।

बालबालिका, जेष्ठ नागरिक, एकल महिला प्रति उच्च सम्मान रहेको बताउँदै मन्त्री यादवले यस्ता वर्गको कष्ट निवारणका लागि सरकार सदैब तत्पर रहेको बताए । मन्त्री यादवले सीप सिकेर दक्ष बनेपछि मात्रै वैदेशिक रोजगारीमा जानसमेत सुझाव दिए ।