शनिबारसम्म हिमपात र वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

शनिबारसम्म हिमपात र वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी वायुको प्रभावले शनिबारसम्म यस्तो अवस्था आउने जनाएको छ ।

विभागले पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम बदली हुने जनाएको हो । आज पनि उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ । पश्चिमि तथा पूर्वि हिमाली भू–भागमा हिमपात हुने सम्भाबना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हुन अनुरोध गरिन्छ।

मौसमविद राजु प्रधानाङ्गले पश्चिमी वायुको प्रभावले आज देशभर नै मौसम बदली हुने जानकारी दिए ।

‘हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । योक्रम अझै केही दिन जारी रहन्छ’, काठमाडौंपाटीसँग मौसमविद प्रधानाङ्गले भने, ‘पहाडी भेगमा वर्षाको सम्भावना देखिन्छ । त्यसैगरी तराईमा हुस्सु लाग्नेछ । काठमाडौं उपत्यकामा अझै चिसो बढ्नेछ ।’

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

मंसिर २६ गते (बिहीबार)

दिउँसोः देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भू–भागमा सामान्य बदली रहनेछ । पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ ।

रातीः देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

मंसिर २७ गते (शुक्रबार)

दिउँसोः देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ ।

रातीः देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु साथै मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

मंसिर २८ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

रातीः देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी भुभागमा आंशिक बदली रहनेछ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।