बुटवल – पप्पु कन्स्ट्रक्सनले समयमा निर्माण काम नसकेपछि हुलाकी सडक आयोजना कार्यालय कपिलवस्तुले सम्झौता रद्ध गरेको छ ।
पप्पु र बामती निर्माण कम्पनीले भैरहवा–लुम्बिनी सडक खण्डका दुई पुल तीन वर्षभित्र सक्ने गरी ०७१ सालमा निर्माणको जिम्मा लिएको थियो ।
तिनाउ र दण्डा नदीमा बन्ने पुल बीचमै अलपत्र छाडिएपछि आयोजना कार्यालय कपिलवस्तुले सम्झौता रद्ध गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो । हुलाकी सडक आयोजना कार्यालयका प्रमुख इश्वरबहादुर रिजालले पटक–पटक ताकेता गर्दासमेत काम नगरेपछि सार्वजनिक सूचना जारी गरी सम्झौता रद्ध गरिएको जानकारी दिए । दुई कम्पनीलाई कालोसूचिमा राख्न प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
तिनाउको पुल ६ करोड २ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा करिव ३ करोड रुपैयाँ पप्पुले भूक्तानी लिइसकेको छ । डण्डा पुल निर्माण गर्न ५ करोड ५६ लाख ८० हजारमा सम्झौता भएको थियो। यो योजनामा सिन पप्पुले आधा रकम लिइसकेको हुलाकी सडक कार्यालयले जनाएको छ ।




प्रतिक्रिया