प्रचण्डले दिए उधौली पर्व र योमरी पुन्हिको सुभकामना

प्रचण्डले दिए उधौली पर्व र योमरी पुन्हिको सुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको प्रचण्डले बताए । उनले भने, ‘सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवर्द्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास लिएको छु ।’

। नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु नेपालीका पहिचान भएको बताउँदै सामाजिक न्याय सहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र नेकपाको स्पष्ट रणनीति रहेको उनले बताए ।

‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो,’ उनले भने, ‘मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ । यस पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’