नेताहरुको व्यस्तताका कारण नेकपा सचिवालय सारियो

नेताहरुको व्यस्तताका कारण नेकपा सचिवालय सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको जानकारी दिए । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उनले जानकारी दिए ।

यही मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका सांगठनिक कार्यलगायत एजेन्डामा छलफल गर्न शुक्रबार सचिवालय बैठक बस्ने तय भएको थियो तर सचिवालय सदस्यहरूको व्यस्तताका कारण सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सचिवालय बैठक र स्थायी समितीमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागेका छन् ।

सोही कारण सचिवालय बैठक सारिएको प्रचण्डको सचिवालयले जनाएको छ ।