प्रहरीको सानो गल्तीले ठूलो रुप लिन्छ, सतर्क हुनुपर्छः गृहमन्त्री बादल

प्रहरीको सानो गल्तीले ठूलो रुप लिन्छ, सतर्क हुनुपर्छः गृहमन्त्री बादल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन् ।

शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।

‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ’, मन्त्री थापाले भने ।

त्यसैगरी उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राखे । उनले पछिल्लो समय प्रहरीले प्रशंसनिय काम गरिरहेको समेत बताए ।

कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो ।

कञ्चनपुर र त्रिपुरेश्वर रंगशालामा प्रहरीले संयमता नअपनाएको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्री बादलले सोही विषयलाई केन्द्रित गर्दै यस्तो भनेका हुन् ।