काठमाडौं – मदन भण्डारी मेमोरियल कलेजको गाडी दुर्घटनामा परेको छ । शुक्रबार कलेजबाट विद्यार्थी लिएर भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ भने २० जनाको अवस्था सामान्य छ । २० जना डाक्टरको इवामोरा अस्पताल र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो ।





प्रतिक्रिया