भारत र चीनले मिचेका सीमा सरकारले फिर्ता ल्याउन सकेनः भीम रावल

भारत र चीनले मिचेका सीमा सरकारले फिर्ता ल्याउन सकेनः भीम रावल

‘प्रतिपक्षले साथ दिँदा पनि किन सीमा विवादको कुरा उठाउन नसकेको ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनियष्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सीमा विवाद समाधान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भारत र चीनले मिचेका सीमा विवाद समाधानमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । उनले भारत र चीनले मिचेका सीमा सरकारले फिर्ता ल्याउन नसकेकाे आरोप लगाए ।

‘दुई छिमेकीसँग नै कुरा गर्ने भनेको के भयो ? यस्तो विवादमा अर्को छिमेकीको पनि हात बलियो हुन्छ’, उनले भने ।

नेता रावलले सरकारले नेपालको लिम्पियाधुरालगायतका क्षेत्रलाई नक्सामा समेट्न माग गरेका छन् । उनले प्रतीक चिन्हमासमेत आफ्नो भूभाग नराखेकोमा आक्रोश पोखेका छन् ।

‘प्रतीक चिन्हमा हाम्रो भूभाग किन नराखेको ? प्रतीक चिन्हका निर्माता को हुन् ? छानविन गरेर कारवाही गर्नु पर्छ’, उनले भने ।

आफ्नो भूभाग राखेर नापी विभागले नक्सा सार्वजनिक नगरेकोमा उनले गम्भीर प्रश्न उठाए । ‘नापी विभागको तर्फबाट आफ्नो जग्गा राखेर नक्सा सार्वजनिक गर्न केले रोक्यो ?’, उनले भने, ‘भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा हामीले चाहिँ किन नगरेको ? प्रतिपक्षीसहित सबैले समर्थन गर्दा सरकार किन चुकेको ?’

सांसद रावलले सुरक्षा प्रणाली बलियो बनाउन नेपाल चुकेको पनि बताए । ‘हाम्रो भूगोलमा बलियो सुरक्षा दिन हामी किन चुकेको ?’, उनले सोधे ।