दोस्रोपटक नेकपा सचिवालय बैठक स्थगित

दोस्रोपटक नेकपा सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दोस्रो पटक स्थगित भएको छ । नेकपा नेताहरुको व्यस्तताका कारण बैठक बस्न सकेको छैन् ।

मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आज दिउँसो सचिवालय बैठक बोलाएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजो बोलाएको बैठक आजको लागि सारेको र आजको बैठक पनि स्थगित भएको जानकारी दिए ।

नेकपाको अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका छन् ।

अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको छ ।

यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो । पार्टी विधानअनुसारका स्थायी समितिको नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको छैन ।