निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्छः मन्त्री पोखरेल

निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्छः मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्यको जिम्मेवारी लिएपछि तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिकको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पु¥याउन ठूलो भूमिका खेलको विचार व्यक्त गरे ।

उहाँले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताए । मन्त्री पोखरेलले व्यवसायीका केही गुनासा र समस्या मन्त्रिपरिषद्को बैठकमा लगी छलफलका माध्यमबाट समाधान गरिने विश्वास दिलाउँंदै टोलीबद्ध भएर काम गर्न आग्रह गरे ।

सङ्घका अध्यक्ष सन्तोषकुमार ढुङ्गानाले समृद्ध कायम तथा रोजगार उपलब्ध गराउन व्यवसायीको ठूलो भूमिका रहेको बताए । सङ्घअन्तर्गत मोरङमा तीन सय व्यवसायी आबद्ध छन् ।