डीआईजी सिलवालको मुद्दाको फैसला आजै हुने, यस्तो छ सम्भावना

डीआईजी सिलवालको मुद्दाको फैसला आजै हुने, यस्तो छ सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– डीआईजी नवराज सिलवालले सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा आज फैसला हुने भएको छ।

 

आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै आइजीपीका प्रत्यासी डीआइजी नवराज सिलवालले २०७३ चैत ३० गते सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

 
सर्वाेच्च अदालतको वृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् । इजलासले आइजिपी नियुक्ति प्रकरणमा निर्णय सुनाउन लागेको हो। अदालतले पहिलो पेशी नै सोही मुद्दाको निर्णय सुनुवाईलाई राखेको छ।

 

तत्कालीन प्रधानन्यायधीश सुशिला कार्की सहित सर्बोच्च अदालतका पाँच न्यायधीश सम्मिलित बृहद पूर्ण इजलासले दिएको परमादेश विपरीत सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो ।