वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बन्यो, अब नयाँ समीकरण बन्छ : प्रचण्ड

वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बन्यो, अब नयाँ समीकरण बन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बनेको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे । ३ दलबिचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए ।

नेकपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।

नेकपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।