काठमाडौं उपत्यकामा नेकपा विशेष प्रदेश कमिटी गठन

काठमाडौं उपत्यकामा नेकपा विशेष प्रदेश कमिटी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा १५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय कमिटी रहेका छन् ।

पार्टी महासचिव विष्णु पौडेललाई सूची बुझाउँदै उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले नेकपा उपत्यका विशेष प्रदेश कमिटी गठनका लागि पार्टी केन्द्रले दिएको जिम्मेवारी बमोजिम इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट सर्वसम्मत तयार गरिएको बताए ।

भट्टराईले साबिक एमालेका तर्फबाट ८५ र साबिक मओवादीका तर्फबाट ६६ गरि जम्मा १५१ सदस्यीय कमिटीको नामवाली आज पार्टी महासचिव विष्णु पौडेललाई केन्द्रीय कर्यालयमा हस्तान्तरण गरिएको बताए ।

उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई छन् ।