उपनिर्वाचनमा केही स्थानको परिणामले नेकपालाई विशेष धक्का :अध्यक्ष प्रचण्ड

उपनिर्वाचनमा केही स्थानको परिणामले नेकपालाई विशेष धक्का :अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा केही स्थानको परिणामले नेकपालाई विशेष धक्का लागेको बताएका छन् ।

प्रचण्डले स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन समीक्षा उपशीर्षकमा धरान उपमहानगरपालिका, भक्तपुर प्रदेशसभा लगायत पहिले पार्टीले जितेका आठ स्थान गुमाउनु परेको उल्लेख गर्दै त्यसबाट पार्टीमा ठूलो धक्का लागेको बताएका हुन् ।

यद्यपि प्रचण्डले पहिले भन्दा उपनिर्वाचनमा ११ स्थान बढी विजय हासिल गरेपनि धरान र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा अनपेक्षित हार खानुपरेको उल्लेख छ ।

‘परिणामको उपरोक्त आँकडा हेर्दा संख्यात्मक दृष्टिले हाम्रो पार्टीको विजयी जनप्रतिनिधिहरुको संख्या पहिलेको भन्दा बढेको छ । पहिलाको २७ को सख्या ३२ पुगेको छ । तर यथार्थमा गएर विचार गर्दा यसबाट हामीलाई उत्साहित हुने ठाउँ भने बिल्कुलै छैन,’ प्रचण्डको निष्कर्ष छ ।