केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । हृदयघात भएपछि आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने जानकारी दिए । निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान दिन लागिएको बास्कोटाल बताए ।

स्वर्गीय भट्टराईलाई राष्ट्रिय सम्मान दिइयोस् भन्ने बोर्डको प्रस्ताव मन्त्रालयबाट स्वीकृत भइसकेको छ । सो प्रस्तावलाई अपरान्ह बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ । तर, त्यसअघि नै प्रधानमन्त्री र मुख्यसचिवसँग सल्लाह गरेर भट्टराईलाई राष्ट्रिय सम्मान दिइने सरकारको तयारी छ ।

एक बर्ष चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भट्टराइले पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायका फिल्म निर्माण गरेका थिए । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।