काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका आगामि कार्यक्रम सार्वजनिक गरेको छ । जारी स्थायी समिटी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा माघको पहिलो हप्ता केन्द्रिय समितिको बैठक बोलाउने निर्णय भएको छ ।
नेकपाले केन्द्रीय समितिको बैठकबाट ३ महिने ठोस कार्यक्रम निधारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेकपाले सबै प्रदेश, विभाग, जवस र मोर्चाहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्र ३ महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जन–सम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताएको छ ।
‘प्रदेशका तर्फबाट सबै जिल्लाहरूका भेला, प्रशिक्षण र बैठकहरूको आयोजना गर्ने तथा व्यापक जनपचिालनमा जोड दिने । सोही अनुसार प्रदेश र जिल्लाका तर्फबाट सबै स्थानीय कमिटिसम्म त्यसप्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने उल्लेख छ ।
यस्तो नेकपाको प्रतिवेदनमा उल्लेख भएरअनुसारको कार्यक्रमः
–फागुन र चैत्र महिनामा सात वटै प्रदेशमा वृहत जन–सभाको आयोजना
– पार्टी सदस्यहरूको अभिलेख संकलन, सदस्यता नविकरण लेबी कोटा उठाउने देखि अन्य संगठनात्मक कामहरूलाई व्यवस्थित पार्ने ।
– पहिलो ३ महिने कार्ययोजना पुरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रुपमा अगाडि बढाउने ।
–सबै स्तरका पार्टी कमिटिहरूले स्थानीय प्रादेशीक र केन्द्रीय सरकारको कामलाई प्रभावकारी बनाउन आ(आफ्नो स्तरमा ठोस कार्ययोजना तयार पारी कार्यान्वय गर्ने ।
–सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन–सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना–ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।
उपनिर्वाचनको समिक्षाः
नेकपाले भर्खरै सम्पन्न उपनिर्वाचनमा पहिलेभन्दा राम्रो नतिजा देखिए पनि उत्शाहजनक नरहेको निष्र्कष निकालेको छ । ‘बरु यो परिणामलाई पार्टी र ‘सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी छ’, प्रतिवेदनमा भनिएको छ ।
नेकपाले पार्टीको विजयी जन प्रतिनिधिहरूको संख्या पहिलेको भन्दा बढेको बताएको छ । ‘पहिलेको २७ को संख्या अहिले ३२ मा पुगेको छ । तर यथार्थमा गएर बिचार गर्दा यसबाट हामीलाई उत्साहित हुने ठाउँ भने विल्कुलै छैन’, प्रतिवेदनमा भनिएको छ, ‘किनकी २०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) र तत्कालिन नेकपा (माओवादी केन्द्र) आपसमा प्रतिष्पर्धा गरेको अवस्था थियो । अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्न पर्ने थियो ।’
नेकपाले प्रदेश सभाकै एक स्थान हातबाट गुम्नुले परिणामलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ ।




प्रतिक्रिया