नेकपा स्थायी कमिटी बैठकमा ९ जनाले धारणा राखे

नेकपा स्थायी कमिटी बैठकमा ९ जनाले धारणा राखे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि अहिलेसम्म ९ जनाले आफ्नो धारणा राखेका छन् ।

अहिलेसम्म अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा र गणेश शाहले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीका सदस्यहरुले प्रतिवेदनमाथि आलोचनात्मक र सुझाव सहितको धारणा राखेका छन् ।

‘अहिलेसम्म नौजना कमरेडहरुले आफ्नो विचार राखिसक्नु भएको छ’, उनले भने, ‘राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्दै नेताहरुले मुलतः यो सही छ भनेर समर्थन जनाउनुभयो ।’

राजनीतिक प्रतिवेदनले पार्टी सही दिशातर्फ उन्मुख भइरहेको विचार नेताहरुले राखेको श्रेष्ठले बताए ।

‘उहाँहरुले अपूरो कुरा थपेर ल्याउनु भन्नुभएको छ’, उनले भने, ‘पोलिटब्युरोबारे गठन प्रस्ताव नै आइसकेको छ। बैठकमा बोल्ने क्रम जारी छ ।’

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा संयुक्त रुपमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरिएको थियो ।