काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन् ।
अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताएका हुन् ।
उनले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्नेसमेत बताए । उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलु्कहरुसँग प्रतिस्र्पधा गर्न नसकिनेसमेत बताए ।
त्यस्तै नेता गौतमले कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी अवस्यक रहेको जिकिर गरे ।
उनले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडि बढ्नुपर्ने बताए । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवश्यक व्यवस्था गरिरहेको बताए ।
त्यस्तै उनले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुलुकसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिँदै गर्दा औद्योगीकरणमा जाँदैनौं भन्न नहुनेसमेत बताए ।




प्रतिक्रिया