पूर्वसभासद ढुंगेलको निधन

पूर्वसभासद ढुंगेलको निधन


क्तपुर – पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो ।

मस्तिष्क पक्षघात भएका उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली काँग्रेस भक्तपुरका नेता उद्धव खड्काले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेसले महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति समेत रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत ढुंगेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।