काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख रुपैयाँ बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी बुद्धिराम भुसालज्यूलाई क्यान्सर रोग लागेको र उक्त खाताअन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम १५ लाखको चेक खातावालका छोरा मनोज भुसाललाई प्रदान गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले रकम हस्तान्तरण गरे ।
आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाएको छ ।
करिब १९ लाख ग्राहकका साथ सञ्चालनमा रहेको सो बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको जनाएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको सो बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।




प्रतिक्रिया