काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहिबार बिहान सभापति देउवा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भेटमा सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भेटमा सभापपति देउवाले प्रधानमन्त्री ओलीलाई विवादास्पद अध्यादेश र विधेयक नल्याउन आग्रह गरेको नेता लेखकले जानकारी दिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए ।




प्रतिक्रिया