आजबाट संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन सुरू

आजबाट संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आजबाट संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन सुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्दैछिन् ।

बैठकको कार्यसूची तय गर्न उपसभामुखले १ बजे संसद भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ ।

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् ।

आजको बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिने तुम्बाहाङफेले जानकारी दिइन् ।

राष्ट्रिय सभाको बैठकको भने कार्यसूची तय भइसकेको छ ।