एजेन्सी – इतिहासमै पहिलोपटक सानो उमेरमै एक बालक सहरका मेयर बनेका छन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिनाका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।
उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए । समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।
यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो । बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । बोली नै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो । यद्यपि चार्लीले आफ्ना अभिभावकको काखमा बसेर सपथ लिएका थिए ।




प्रतिक्रिया