‘इन्डियन आइडल’ मा पुगिन् निरुता सिंह

‘इन्डियन आइडल’ मा पुगिन् निरुता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विगत लामो समय देखि मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंह भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।

उनी इन्डियन आइडलको मञ्चमा नेपाली अभिनेत्रीको रुपमै गएकी हुन् । उनले इन्डियन आइडलको सेटको फोटो भिडियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

उनले आदित्य नारायणलाई धन्यवाद दिदै लेखेकी छिन्,– ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’ निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता हिट फिल्ममा अभिनय गरेकी छिन् ।