काठमाडौं – शनिबार राति अपहरणमा परेकी गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला शाही जंगलमा फेला परेकी छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दम्पत्ति शनिबार राति वडानम्बर २ श्रीपाटास्थित घरबाटै अपहरणमा परेका थिए ।
इला जंगलमा फेला परेपनि गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।शाही दम्पतिको अपहरण विप्लव समूहले गरेको हुनसक्ने बताएको छ, यद्यपी यसको पुष्टि भने भइसकेको छैन ।




प्रतिक्रिया