निजी लगानीमा प्रधानमन्त्रीले बनाए हेलिप्याड, ६८औं जन्मदिन जन्मघरमा मनाउने

निजी लगानीमा प्रधानमन्त्रीले बनाए हेलिप्याड, ६८औं जन्मदिन जन्मघरमा मनाउने


तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी लगानीमा हेलिप्याड निर्माण गरेका छन् । प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराई गाउपालीका वडा न.४ स्थित तीनसल्ले खानी गाउँमा हेलिप्याड निर्माण रेका हुन् ।

विस २००८ फागुन ११ गते तेह्रथुम जिल्लाको आठराई गाँउपालीका वडा न.४ (साबिकको ईवा गा.बि.स वडा न.२) तीनसल्ले खानी गाँउको एक सामान्य परिवारमा जन्मिएका प्रधानमन्त्री ओलीले ४ लाखको लगानीमा ७० मिटर लम्बाई र ४५ मिटर चौडाई भएको स्थायी हेलिप्याड बनाएका हुन् ।

केही समय अगाडी मात्र प्रधानमन्त्री ओलीले आफ्नो जन्मघर र आसपासका झण्डौ ३०० रोपनी जमिन किनेर के.पी शर्मा ओली ट्रस्ट बनाएका छन् । प्रधानमन्त्री ओली उमेरले ६७ बर्ष पुरा भई यही आउदो फाल्गुन ११ गते ६८ बर्ष लाग्दै छन् । प्रधानमन्त्री आफ्नो ६८औं जन्मदिन आफु जन्मिएको गाँउमा मनाउन चाहन्छन् । त्यसैले उनले उक्त हेलिप्याड निर्माण गर्न लगाएको बताइएको छ ।

१ महिनामा निर्माण सम्पन्न गरिएको हेलिप्याड निर्माणमा आठराई गाँउपालीका र नेपाली सेनाले सहयोग गरेको छ । सत्ताको बागडोर संमाली रहेका ओली आफु जन्मिएको जिल्ला, आफु जन्मिएको गाँउठाँउ र आफ्नो जन्मभूमीमा बिकासको फल फलाउन चाहन्छन् ।