कठमाडौं – प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी निर्मलकुमार थापालाई दजर्यानी चिन्ह प्रदान गरेका छन् । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सहायक रथी थापालाई उपरथीमा पदोन्नती गरेपछि आइतबार प्रधानसेनापति थापाले जंगी अड्डामा एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्यानी चिन्ह प्रदान गरेका हुन् ।
साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी थापालाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह(संयोजकको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।




प्रतिक्रिया