तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न आग्रह

तराईमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न आग्रह


काठमाडौं – जल तथा मौसम पुर्वानुमान महाशाखाले आगामी तिन दिनसम्म देशको मौसम सफा रहने जानकारी दिएको छ । आगामी तीन दिनसम्म पूर्वी पहाडी भेगमा मौसम सामान्य बदली हुने भए पनि बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा दिउँसो सम्ममा हट्ने जनाएको छ ।