बेइजिङ – चीनले ठूलो प्रतिबद्धता व्यक्त गरेको छ । यो मुलुक आफ्नो जीडीपी र आम्दानीलाई १ दसकको अवधिमा दोब्बर पार्ने र विश्वकै आर्थिक शक्तिको संरचनामा अग्र्रपंक्तिमा उभिने प्रयासमा लागेको छ ।
तर हालसालै देखिएका चुनौतीका कारण यो मुलुकले विभिन्न समस्याको सामना गरेको देखिन्छ ।
यो मुलुकको आर्थिक वृद्धिको आरोहण थप खुला बजारको कदमबाट १९७० को दसकको अन्त्यमा सुरु भएको हो । यो मुलुकले आक्रामक केन्द्रीय योजनालाई निरन्तरता दिएको छ । सस्तो श्रमबाट लाभ लिएको छ । आफ्नो उत्पादनलाई विश्वभरी पु¥याउनका लागि मुद्रालाई अवमूल्यन गरेको छ । कारखाना प्रणालीलाई विष्फोटक बनाएको छ ।
यी सबै व्यवस्थाले अर्थतन्त्रलाई ग्रामीण रुग्ण अवस्थाबाट समृद्ध सुपरपावरको रुपमा परिवर्तन गरेको छ । हाल यो मुलुक १ नम्बरको बन्ने प्रयासमा लागेको छ ।
हाल चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । यो मुलुकको जीडीपी १३.१ ट्रिलियन डलरको रहेको छ । यो अझै अमेरिकाको भन्दा पछाडि हो । प्रक्षेपककर्तहरुले २०२० मा ६ प्रतिशत मात्रै हुने बताएका छन् । यसले २०११ बाट २०२० सम्मको अवधिमा अर्थतन्त्रलाई दोब्बर पार्ने लक्ष्य निर्धारण गरेको थियो ।
अर्का्तिर अमेरिकासँगको व्यापार युद्धका कारण चीनलाई ठूलो धक्का लागेको छ ।
‘अगाडि बढ्दा चीन लगातार अत्यन्त प्रतिस्पर्धी देखिएको छ,’डेस्टिनेसन वेल्थ म्यानेजमेन्टका संस्थापक मिचेल योेशिकामीले बताए । चीन अझैपनि विश्वव्यापी खेलाडीको रुपमा अगाडि बढिरहेको छ ।
२००७ मा चीनको वृद्धि १४.२ प्रतिशत थियो । २०१५ देखि वार्षिक ७ प्रतिशत मुनी झरेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
शुल्कको असर
योशिकामीको फर्म सन फ्रान्सिस्कोमा रहेको छ । उनले चीनमा ठूलो लगानी गरेका छन् र यो मुलुकको बारम्बार भ्रमण समेत गर्दै आएका छन् ।
उनले यो मुलुक शिक्षा र प्राविधिक आविष्कारको बाटोमा अगाडि बढेको पाएका छन् । तर, चिनियाँ आयातमा अमेरिकी शुल्कको प्रभावबाट प्रभावित भएका छन् । यती मात्र होइन श्रमको बढ्दो लागत र मन्द बनेको म्यानुफ्याक्चरिङबाट पनि उनी प्रभावित भएका छन् ।
‘चिनियाँ अर्थतन्त्र ७ प्रतिशतमा वृद्धि हुने लक्ष्य निर्धारण गरिएको थियो । विगतमा यो १४ प्रतिशतका दरले वृद्धि भएको थियो । यदी यो ६ प्रतिशतका दरले वृद्धि भयो भने पनि यो पर्याप्त हुनेछ । तर तपाईले प्रसस्त मात्रामा नकारात्मक अवस्था देख्नु भएको छ,’ योशिकामीले बताए ।
‘यदी तपाई चिनियाँ नागरिकसँग कुराकानी गर्नुभयो भने औसत मानिस २ वर्ष, ४ वर्ष वा ६ वर्ष अगाडिको जस्तो आशावादी देखिदैनन्,’ उनको भनाई थियो । एउटा नकारात्मक पक्ष भनेको व्यापार युद्ध पनि हो ।
दुवै पक्ष शुल्कको मामिलामा सानो आकारको फेज–वन सम्झौतामा पुगेको जस्तो देखिन्छ । तर धेरै गर्न बाँकिनै रहेको छ । चिनियाँ अर्थतन्त्रमा यी सबैको नतिजा देखिन थालेको छ ।
‘व्यापारिक शुल्कले चोट पु¥याएको विश्वास औसत मानिसमा रहेको छ,’ योशिकामीले भने, ‘मुद्रास्फीति उच्च भएको छ । आधारभूत खानेकुारको लागत १० देखि १५ प्रतिशतसम्म उच्च भएको छ । सुगुरको मासुनको मूल्यमा १०० प्रतिशतले वृद्धि भएको छ । त्यसैले मानिसले आफ्नो खानापानमा परिवर्तन गर्न थालेका छन् । किनकी उनीहरुले पहिलेको खानेकुरामा खर्च गर्न सक्ने अवस्था छैन् ।’
‘यसले उनीहरुलाई चोट पु¥याएको छ । अमेरकाले निश्चित रुपमा पनि सम्झौताको स्वागत गर्नेछ । तर चीनले वास्तवमै सम्झौता गर्नु आवश्यक छ,’ उनको तर्क थियो ।
व्यापार युद्धले अर्थतन्त्रमा पु¥याएको क्षति स्पष्ट र मापन गर्न सकिने खालको छ । आर्थिक आम्दानी २०१९ मा अघिल्लो वर्षको ६.२ प्रतिशतबाट झरेर ३.८ प्रतिशत कायम भएको छ ।
यसका अतिरिक्त अघिल्लो वर्षको समान अवधिको ९.९ प्रतिशतले वृद्धि भएको तुलनामा नोभेम्बरसम्मको निर्यातमा ०.३ प्रतिशतले गिरावट आएका छ ।
अमेरिकामा भएको निर्यातमा आएको कमीकै कारण यस्तो भएको हो । यो वर्ष अमेरिकामा भएको निर्यातमा १२.५ प्रतिशतले गिरावट आएको छ । २०१८ मा भने अमेरिकामा भएको चिनियाँ निर्यातमा ८.५ प्रतिशतले वृद्धि भएको थियो ।




प्रतिक्रिया