काठमाडौं – काठमाडौंको गुर्जुधारामा एकाबिहानै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान सवा ६ बजे नम्बर नखुलेको ट्रकको ठक्करबाट चन्द्रागिरि नगरपालिका–७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको हो ।
उनी कलंकीमा रहेको एलआरआई स्कुलमा आफ्ना १० वर्षीय छोरालाई मोटरसाइकलमा राखेर र्पुयाउन जाँदै गर्दा ट्रकले ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा केसीका छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घनापछि भागेको ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया