काठमाडौं – न्यायपरिषदमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का न्यायपरिषद सदस्यमा सिफारिस भएका छन् । सर्वोच्च अदालतको न्यायाधिस बन्नका लागि न्यायपरिषदबाट पदमप्रसाद वैदिकले राजीनामा दिएपछि उनको खाली ठाउँमा निराला सिफारिस भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरालालाई न्याय परिषद् सदस्यमा नियुक्तिका लागि संसदीय सुनुवाई गर्न पुस ४ गते सिफारिस गरेका थिए ।निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् ।
मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ । शाही सरकारका महान्यायाधिवक्ता न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सदस्यमा सिफारिस भएपछि यसले नेकपाका वकिलहरूबीच भूकम्प ल्याएको छ ।




प्रतिक्रिया