काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंमा वर्षकै सबैभन्दा बढी चिसो भएको बताएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान जुम्लापछि देशभरमै सबैभन्दा कम तापक्रम काठमाडौंको देखिएको हो ।
बिहान पौन ९ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको हो । यही समय लिइएको जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सिय छ ।
योपछि सबैभन्दा कम न्यूनतम तापक्रम काठमाडौंकै भएको मौसमविद्ले बताएका छन् ।
यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते यहाँको न्यूनतम तापक्रम ३.२ डिग्री थियो ।
मौसमविद्का अनुसार काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।
महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार दाङमा न्यूनतम तापक्रम ३.५ छ ।
यस्तो छ तीन दिनको मौसमी अनुमान
पौष ९ गते (बुधवार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।
रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ ।
पौष १० गते (बिहीबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ।
राती स् देशको मध्य तथा पूर्वी भु–भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहनेछ ।
पौष ११ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
राती स् देशको मध्य तथा पूर्वी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।




प्रतिक्रिया