रौतहट – रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
इशनाथ–३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरीएको प्रेसरकुकर राखेका थिए । नेपाली सेनाको इन्द्र बक्स गणबाट खटिएको बम डिस्पोजल टोलीले करिब दुई घण्टाको प्रयासपछि सो बमलाई निष्क्रिय पारेको हो ।
झोलामा रहेको सो बस्तु बम हुन सक्ने आशंकामा प्रहरीले टेलिकमलाई मोबाइल नेटवर्क बन्द गर्न लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।




प्रतिक्रिया