काठमाडौं – ब्रह्मान्डमा केबल पृथ्वी मात्रै यस्तो ग्रह हो जहाँ सबैभन्दा बढी सूर्य ग्रहण वा चन्द्र ग्रहण देख्न सकिन्छ । तर हाम्रो सौर्य मण्डलमा कयौं यस्ता ग्रह पनि छन् जहाँ सूर्य ग्रहण देख्न सकिन्छ । तर यसको दुरी तथा ग्रहको चन्द्रमाको आकार सानो हुनाले सूर्य ग्रहण धेरैजसो आंशिक मात्रै रहने गर्छ । आउनुहोस् थाहा पाउ पृथ्वीका अलावा अन्य कुन कुन ग्रहमा सूर्य ग्रहण लाग्छ भनेर ।
मंगल ग्रहमा सूर्य ग्रहण
मंगल ग्रहमा सूर्य ग्रहण एक सानो दाग जस्तो देखिन्छ । किनकी मंगल ग्रहको दुई चन्द्रमा फोबोस तथा डिमोस तीव्र गतीमा मंगल ग्रहलाई घुम्ने काम गर्छ । यसैले यो ग्रहमा ग्रहण धेरै बेरसम्म रहदैन । मंगल ग्रहमा पछिल्लो सूर्य ग्रहण २० अगस्ट २०१३ मा देखिएिको थियो ।
बृहस्पतीमा ३ सूर्य ग्रहण एकसाथ
बृहस्पती ग्रहको कुल मिलाएर ६९ चन्द्रमा रहेका छन् । तर यी मध्ये केबल पाँच चन्द्रमा यस्ता छन्, जसले ग्रहणको अवस्था पैदा गर्छन् । यी हुन् एमलथियो, लो, गेनीमेड, युरोपा तथा क्यालिस्टो । यी मध्ये एक पटकमा तीनले मात्रै सूर्य तथा बृृहस्पतीबीच आकार ग्रहण बनउछन् । यस्तो १० वर्षमा एक पटक मात्रै हुने गर्छ । अन्तिम पटक यस किसिमको अवस्था २८ मार्च २००४ भएको थियो ।
शनि ग्रह
शनिको ६२ ठूला चन्द्रमा रहेका छन् जसले पूर्ण चन्द्र ग्रहण बनाउन सक्छन् । तर यसको अर्थ यो होइनकी धेरै चन्द्रमा भएको अवस्थामा धेरै ग्रहण लाग्छ । शनि ग्रहमा १५ वर्षमा एक पटक सूर्य ग्रहण हुन्छ । अन्तिम पटक यस्तो १५ सेप्टेम्बर २००६ मा भएको थियो ।
अरुणम पनि कालो धब्बा
अरुणको २७ वटा चन्द्रमा रहेका छन् । तर यी मध्ये आधाको आकार अत्यन्त सानो रहेको छ । यसको दुरी पनि यती पर छ कि पूर्ण सूर्य ग्रहणका कुनै सम्भावना रहेको छैन । याहाँ प्रत्येक ४२ वर्षमा एक पटक सूर्य ग्रहण लाग्ने गर्छ । त्यो पनि एक सानो कालो धब्बा जस्तो मात्रै देखिन्छ ।
नेप्च्यूनमा केही सेकेन्डका लागि मात्रै सूर्य ग्रहण
नेप्च्यूतका ६ वटा चन्द्रमा रहेको छ । तर नेप्च्यून सूर्यबाट यती पर रहेको छ कि याहाँ सूर्य ग्रहणको सम्भावना अत्यन्त कम रहेको छ । याहाँ सूय ग्रहण केही सेकेन्डमै समाप्त हुन्छ ।
प्लूटो
प्रत्येक १२० वर्षमा प्लूटोमा सूर्य ग्रहण लाग्छ । प्लूटको चन्द्रामा चेरान पूर्ण सूर्य ग्रहण लगाउनमा सक्षम रहेको छ ।
बुधमा सूर्य ग्रहण हुदैन
बुध र सूर्यको बीचमा कुनै चन्द्रमा हुदैन । यसैले बुध ग्रहमा कुनै सूर्य ग्रहण हुदैन । तर यदी सूर्य तथा यो ग्रहको बीचमा कुनै अन्तरिक्षिय बस्तु आयो भने यो ग्रहमा कालो धब्बा बन्छ ।
शुक्र ग्रहमा पनि हुदैन सूर्य ग्रहण
शुक्र ग्रहको पनि आफ्नै चन्द्रमा छैन । याहाँ सूर्य ग्रहन हुदैन । तर जब सूर्य तथा शुक्रग्रहबीच बुध ग्रह आयो भने याहाँ ग्रहणको अवस्था हाउछ । यस्तो दुर्लभै मात्रै हुने गर्छ ।




प्रतिक्रिया