चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ पुगे राष्ट्रिय आविष्कार केन्द्र

चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ पुगे राष्ट्रिय आविष्कार केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन् ।

सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन् ।

च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए ।

उनले सुझाव दिनुको साथै विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ । हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ उनले भने ।

सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ ।