सभामुखमा ओली र प्रचण्डबीच सहमति जुट्न सकेन, संसद बैठक स्थगित गर्ने तयारी

सभामुखमा ओली र प्रचण्डबीच सहमति जुट्न सकेन, संसद बैठक स्थगित गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक स्थगित गर्ने तयारी भएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको नियमित बैठकको कार्यतालिका नै प्रभावित भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड बिहीवारै चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले बिहीबार काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुनेछ । ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने अडान कसेका छन् भने अध्यक्ष प्रचण्डले पूर्वमाओवादीबाट अग्नि सापकोटाको लगेपछि सहमति जुट्न सकेको छैन् ।

प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख पनि आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन् ।

सभामुख चयनका लागि शुक्रबार १ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गर्ने तयारी भएको हो ।  उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि बोलाउने तयारी गरेकी छन् । आजको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने पनि थियो ।