एमाले भेलामा भण्डारीसहित ओली र २ उपाध्यक्षले प्रस्तुत गर्दैछन् छुट्टाछुट्टै कार्यपत्र

एमाले भेलामा भण्डारीसहित ओली र २ उपाध्यक्षले प्रस्तुत गर्दैछन् छुट्टाछुट्टै कार्यपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित २ जना उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्दैछन् ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेण्डा तय गर्दै ४ वटा कार्यपत्र प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै एमाले अध्यक्ष ओलीले नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भेलामा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव शेरधन राईको भनाइ छ ।