काठमाण्डु – सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गरेको छ ।
एनपीएलमा यसअघि २ पटकको उपविजेता सुदूरपश्चिम यसपालि क्वालिफायरमा पराजित भएको छ । पहिलो खेलमा हारेपनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।


प्रतिक्रिया