मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् ।
उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए । करको भार बढाउनुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको संख्या बढाउने नीति आवश्यक रहेको उनको भनाइ थियो ।
यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने रहेको छ ।


प्रतिक्रिया