तीनपिप्लेमा टिपर पल्टियो, २ जनाको मृत्यु

तीनपिप्लेमा टिपर पल्टियो, २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको टिपर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु गएको छ ।

ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार रामकुमार थापाले जानकारी दिए ।

गाडी अनियन्त्रित भई ओरालोमा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।