काठमाडाैंकाे तापक्रम याे वर्षकै कम, 0.६ डिग्री सेल्सियस

काठमाडाैंकाे तापक्रम याे वर्षकै कम, 0.६ डिग्री सेल्सियस


काठमाडाैं – काठमाडाैंको तापक्रम शून्यबाट अझै ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम 0.६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

गएकाे बिहीबार काठमाडाैंको तापक्रम 0.९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । यस्तै अघिल्लो दिन दिउँसो पारिलो घाम लागेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तलमाथि हुने मौसमविद् वरुण पौडेलले बताए ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।