धनगढी – सुदुरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा चिसोसँगै सितहलर बढेको छ । पश्चिमी वायुको प्रभावले केही दिन यता निरन्तर चिसो बढिरहेको छ ।
बिहानै देखी लागेको बाक्लो हुस्सुका कारण सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरिया सहित विभिन्न ठाँउहरुको जनजीवन प्रभावित बनेको छ ।
चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुरहरु समस्यामा परेका छन । बाक्लो हुस्सुका कारण हवाई उडानसमेत प्रभावित भएका छन् । हुस्सुका कारण उडान हुन नसकेपछि गन्तव्यमा हिँडेका यात्रुहरु मारमा परेका छन् ।
शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा बजारमा चलहपहल कम देखिएको छ । चिसो बढेसँगै अत्तरिया बजारका विभिन्न ठाउँहरुमा स्थानियहरु आगो तापेर बसेका छन ।
आज विहानको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाले जनाएको छ । कार्यालयले अहिले सम्म सबैभन्दा न्यूनतम तापक्रम आज नै मापन गरिएको जनाएको छ ।




प्रतिक्रिया