जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


सल्यान – प्रहरीले सल्यानबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । दार्मा गाउँपालिका-२ सिलिङगी बस्ने ईन्द्र बहादुर रोक्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पुर्ण बहादुर राना लगायत ९ जनालाई नगद १ लाख १६ हजार १ सय ५ रुपैयाँ र १ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ