धनगढी – धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् । धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा कार्यरत सुनम ऐर आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० घर भएकी ऐरको बन्द कोठा भित्र सुतेकै अवस्थामा शव भेटिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया