काठमाडौँ – वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पार्नुभएको छ ।
आइतबार गोरखापत्रको साप्ताहिक संवाद कार्यक्रममा उहाँले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताउनुभयो । विकासको काम गर्दा केही विनाश हुन्छ, उहाँले भन्नुभयो, अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।
वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पु¥याउने काम सरकारकै कारण भएको हो, उहाँले भन्नुभयो । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उहाँले बताउनुभयो ।
निजगढमा विमानस्थल बनाउनका लागि छुट्याइएको एक हजार नौ सय हेक्टर क्षेत्रफलमा कटानी हुने रुखका बारेमा वन मन्त्रालयसँग छलफल गरेर अगाडि बढिने पनि उहाँले बताउनुभयो । रुख कटानीसम्बन्धी प्रस्ताव अहिले मन्त्रिपरिषद्अन्तर्गतको समितिमा छलफलमा रहेकाले त्यसबाट आउने निष्कर्षबाटै निर्माण सुरु हुने उहाँले जानकारी दिनुभयो तर अहिले भनेजस्तो २४ लाख नै रुख काट्ने भन्ने चाहिँ होइन, उहाँले भन्नुभयो, त्योभन्दा न्यूनतम रुख काटेर तोकिएको क्षेत्रमा विमानस्थल बन्छ ।’याे समाचार गाेरखापत्रमा छ ।




प्रतिक्रिया