काठमाडौं – आइतबार पक्राउ परेका नेकपा (क्रान्तिकारी माओबादी)का उपाध्यक्ष सीपी गजुरेल रिहा भएका छन् ।
आइतबार रक्षामन्त्री इश्वर पोखरेललाई सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा सिंहदरबारको गेटबाट उनीसहितको टोलीलाई प्रहीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कोही आइतबार नै रिहा भए भने गजुरेल आज रिहा भएका हुन् ।
नेता गजुरेलले सिंहदरबारमा रक्षामन्त्री र रामबहादुर थापा बादलले आफुहरुलाई सिंहदरबार बोलाएर सुनियोजित तवरबाट पक्राउ गर्न लगाएको आरोप लगाए । ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । रक्षामन्त्रीले त समय नै दिनुभएको थियो’,उनले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’




प्रतिक्रिया