नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक कोइराला पक्राउ


काठमाडौं – प्रहरीले नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइरालालाई पक्राउ गरेको छ । सोलुखुम्बुको सल्यान घर भएका कोइरालालाई नेपाल बैंक केन्द्रीय कार्यालयले मुद्धा हालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोप लागेको छ । कोइराला हाल भक्तपुर सूर्यविनायक–४ बस्दै आइरहेका छन् ।

कोइरालालाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement