काठमाडौं – मंगलबारबाट रातीबाट भारतको जम्मु–कश्मिरमा विकसित पश्चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ । यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू–भागमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू–भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ । जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू–भागमा वर्षा र हिमपातको संभावना छ । यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ ।
हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ ।
यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान :
पौष १५ गते (मंगलबार)
दिउँसो देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष १६ गते (बुधबार)
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ । उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने संभाबना रहेको छ ।
राती देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ ।
पौष १७ गते (बिहिबार)
दिउँसो स्देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमाली भु–भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ ।
राती देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको संभाबना रहेको छ । उच्च पहाडि र हिमालि भू–भागमा मध्यम देखि भारी हिमपातको संभाबना रहेको छ ।




प्रतिक्रिया